काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भमएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ०८ अंकले बढेर २,६५८ को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ द शलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव २० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

















