काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज कात्तिक १३ गते विहीबार एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा एलआइसी नेपालको १० प्रतिशत बोनश शेयर वापत ५० लाख कित्ता शेयर सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनीको २ दशमलव ५० प्रतिशत बोनश शेयर वापत ६ लाख २५ हजार ६६४ कित्ता शेयर सुूचिकृत भएको हो ।
यी कम्पनीहरुको सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

















