IME Life New

नेप्सेमा दोहोरो अंकको गिरावट, २०७ कम्पनीको मूल्य घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ११ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चर २०८६ का इकाईधनीले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका इकाईधनीले ९ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS