काठमाडौं । आज शेयर बजारमा तेस्रो नकारात्मक सर्किट लागेको छ । यससँगै अब बाँकी अवधिको कारोबार स्थगित भएको छ। जेन्जी आन्दोलनको नराम्रो असर शेयर बजारमा देखिएको हो । सरकार परिवर्तनपछि खुलेको पहिलो दिन नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो भने अहिले १२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बजार बन्द भएको हो ।

















