काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ६६ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको ८२ करोड ३७ लाख ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।