काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर छन्।
अघिल्लो आर्थिक वर्षका लागि माछापुच्छ्रे बैंकले ४ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकले ५.७५ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गरेका थिए।

















