IME Life New

नेपाल पुनर्बीमा कम्पनीले दक्षिण एसियामै उत्कृष्ट क्रेडिट रेटिङ पाउने सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीको रेटिङ दक्षिण एसियालीकै उत्कृष्ट र लगानीयोग्य पुनर्बीमकका रुपमा आउने सम्भावना देखिएको छ। वैश्विक रेटिङ एजेन्सी एएम बेस्टले गरिरहेको नेपाल पुनर्बीमाको रेटिङको काम अन्तिम चरणमा पुगेको छ।

सम्बद्ध स्रोतका अनुसार मार्च १ तारेखमा नेपाल पुनर्बीमाको रेटिङ एएम बेस्टले सार्वजनिक गर्ने सम्भावना छ। सञ्चालनमा आएको एक दशकपछि नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट रेटिङ गराएको हो।

Esewa
Crest

नेपालको सार्वभौम रेटिङ हुन नसक्दा नेपाल पुनर्बीमाको रेटिङ पनि लामो समयदेखि लम्बिँदै आएको थियो। निजी क्षेत्रका जीवन र निर्जीवन बीमकको समेत लगानी रहेको नेपाल पुनर्बीमा मूलतः सरकारी स्वामित्वको कम्पनी भएकाले यसको रेटिङलाई नेपालको सार्वभौम रेटिङले पनि प्रभावित पार्छ।

गत मंसिर महिनामा वैश्विक रेटिङ एजेन्सी फिच रेटिङ्सले सार्वजनिक गरेको नेपालको सार्वभौम रेटिङमा नेपाल दक्षिण एसियामै भारतपछिको ऋण लगानीयोग्य देशका रुपमा औँल्याइएको थियो। फिच रेटिङले नेपालको साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)मा डबल बी माइनस (बीबी माइनस) रेटिङ दिएको थियो।

भारतीय पुनर्बीमक जीआईसी रिलाई एएम बेस्टले वित्तीय सबलताका लागि ‘ए माइनस’ रेटिङ दिएको छ। ‘ए माइनस’ को तुलनामा ‘ए’ रेटिङले अझै सबल वित्तीय अवस्थालाई दर्शाउँछ।

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सबाट पहिलोपटक रेटिङ गराएको नेपालले औसतभन्दा माथिल्लो स्तरको रेटिङ पाएको हो। नेपालले पाएको रेटिङ दक्षिण एसियामा भारतपछिकै उच्च हो। भारतबाहेक अरु मुलुकको रेटिङ नेपालको भन्दा कम छ। फिच रेटिङ्सका अनुसार दक्षिण एसियामा भुटानबाहेक अन्य सबै देशको रेटिङ भएको छ।

नेपाल पुनर्बीमाको नाफालाई लगानीबापतको प्रतिफलले समर्थन गरेको छ भने सोल्भेन्सी मार्जिन अनुपात पनि स्वस्थकर छ। यसबाहेक यसको लगानी विविधीकरण पनि नियामकीय प्रावधानको सीमाअन्तर्गत हुनुका साथै यसले पर्याप्त तरलता पनि कायम राखेको छ। यो कम्पनीमा नेपाल सरकारको ४० प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएकाले पनि यसको वित्तीय सबलता तुलनात्मक रुपमा राम्रो मानिएको छ।

नेपाल पुनर्बीमाको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले दिएको निर्देशन अनुसार चुक्तापुँजी कायम गर्न शेयरधनीले अझै ६ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजीका लागि लगानी थप्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS