काठमाडौं । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९ प्रतिशतले हुन आउने ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतले हुन आउने १८ लाख ३८ हजार ८२६.३० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















