IME Life New

विद्युत प्राधिकरणले काट्यो शिवम र घोराही सिमेन्टसहित ६ उद्योगको लाइन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहानदेखि शिवम सिमेन्ट र घोरोही सिमेन्टसहित ६ उद्योगको लाइन काटेको छ।

प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाची सिमेन्टको लाइन काटेको हो । यी उद्योगको विद्युत महसुल बक्यौता अत्याधिक रहेको बताइएको छ।

Crest

प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । प्राधिकरणको ताकेतापछि १२ वटा उद्योगले बक्यौता रकम तिरेका छन्।

बक्यौता रकम तिर्नेबित्तिकै लाइन जोडिने प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS