काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२ ८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ ।
२ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ४ दशलमव २३ प्रतिशतले बढी हो ।
त्यस्तै, कम्पनीले यस अवधिमा २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाा घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३५ (ऋणात्मक) पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ १५ पैसा रहेको छ ।


















