IME Life New

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रमको घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलका ग्राहकमाझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ । योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक भएको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको एनसेलले जनाएको छ ।

एनसेल एपमार्फत् ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवा लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइनरअफलाइन गेम, सेवा सक्रियरनिष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवा उपलब्ध भएकाले यो एप सहज र निर्वाध डिजिटल सेवा अनुभव चाहने ग्राहकको पहिलो रोजाइ बनेको छ ।

Crest

एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् ।

पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहक वा एपमार्फत् कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

‘एनसेल एपमार्फत् १ करोडभन्दा बढी ग्राहक हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकको डिजिटल दैनिकीको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ । ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको छ’, एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।

उनका अनुसार एनसेलले सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवर्द्धन गर्दै आएको छ ।

‘यो उपलब्धि केवल एउटा संख्या होइन, यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ । हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं’, उनले भने ।

यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुका लागि पनि महत्त्वपूर्ण डिजिटल सोलुसन सावित भएको कम्पनीले जनाएको छ । जसले लामो होस् वा छोटो बसाइँका बेलामा ग्राहकलाई रोमिङमा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS