काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
कम्पनीले पहिलो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १८ करोड ३ लाख रुपैयाँ घाटामा थियो।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३८ करोड ३२ लाख रहेको छ । महाविपत्ती कोषमा ३ करोड ३७ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले १८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड २० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ७ दशमलव ८२ प्रतिशतले घटेकोे छ ।
समीक्षा वर्षमा कम्पनीले ९ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ९ करोड ४८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ९ करोड १३ लाख रुपैयाँ खर्चिएको थियो ।


















