IME Life New

बाढी पीडितका लागि नाडाले गर्यो १० लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाडाले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

नाडाले यो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जनाएको छ । हाल भृकुटीमण्डपमा १८औँ नाडा अटो शो चलिरहेको छ। प्रदर्शनीकै समयमा प्राकृतिक विपदको घटना घटे पनि नाडाले अटो शोलाई निरन्तरता दिने स्पष्ट पारेको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपदसँग जुध्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले कार्यक्रम नरोकिने नाडाको भनाइ छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS