IME Life New

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ सम्म हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ आगामी ९ भदौ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स छ ।

नाडाको ५०औं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शोको १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाबारे जानकारी लिन उपभोक्ता र व्यवसायीले प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।

Esewa
Crest

करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बिमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायतका उत्पादनसमेत प्रदर्शन गरिनेछ । आयोजकले ‘मेड इन नेपाल/मेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादन भएका तथा नेपाली बजारलाई लक्षित उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS