काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा ‘नाडा अटो शो– २०२५’आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको नाडाका अध्यक्ष करण चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ ।
अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ तथा भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’का झलकहरू प्रदर्शनीमा देख्न पाइनेछ ।
यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी ९टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि० गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् ।
करिब १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको यस शोको प्रदर्शनी क्षेत्रफल ३ लाख वर्गफुटमा फैलिनेछ, जुन अहिलेसम्मकै ठूलो हो । खल्ती एपमार्फत् टिकटको अग्रिम बुकिङमा २०५ क्यासब्याकको सुविधा दिइनेछ ।
प्रदर्शनीस्थलमा विभिन्न जोन (दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स, वित्तीय सेवा आदि) छुट्टाछुट्टै रुपमा व्यवस्था गरिनेछ ।


















