IME Life New

बैंकहरुबाट सवा १ खर्ब बढी रकम गाडी कर्जा प्रवाह, व्यावसायिक प्रयोजनमा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म बैंकहरुबाट सवा १ खर्ब रुपैयाँ बढी गाडी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ गाडी कर्जा गएको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा गाडी कर्जा ४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि ८६ अर्ब ८३ करोड रुपैयाँ गाडी कर्जा गएको छ। गत असारसम्म व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट ८७ अर्ब २६ करोड रुपैयाँ गाडी कर्जा गएको थियो। असारको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा गएको कर्जा ०.५ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म बैंकबाट व्यक्तिगत प्रयोजनका लागि ४२ अर्ब ३३ करोड रुपैयाँ गाडी कर्जा गएको छ। जुन गत असारसम्मको तुलनामा १४.९ प्रतिशतले बढी हो। गत असारसम्म बैंकबाट ३६ अर्ब ८४ करोड रुपैयाँ गाडी कर्जा गएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS