काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

















