काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ७३ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो। यो संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस शेयर नेप्सेमा सूचीचकृत भएको छ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

















