IME Life New

कानुनी छिद्रको आडमा हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा कमिसनको दुरुपयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको पुनर्बीमा कमिसनमा भएको असीमित र अपत्यारिलो खर्चले पुनर्बीमा दलालीबापतको कमिसनको सीमा नतोकिँदा कुन हदसम्म दुरुपयोग हुने रहेछ भन्ने एउटा सामान्य उदाहरणमात्र हो।

हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धकसमेत रहेका व्यवसायी दिपक भट्टले आफ्नै सासुआमाको नाममा दर्ता रहेको पुनर्बीमा दलाल कम्पनी एलायन्ट रिइन्स्योरेन्स ब्रोकरमार्फत पुनर्बीमा कमिसनको दुरुपयोग गरेका हुन् । उनले अस्वाभाविक रुपमा कमिसनबापतको रकम निकासा गरेर व्यक्तिगत खातामा रकमान्तर गराएको प्रमाण आमसञ्चारमाध्यमहरुबाट सार्वजनिक भइसकेको छ।

Esewa
Crest

पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ मा पुनर्बीमा दलालको कमिसनको सीमा नतोकिएको कानुनी छिद्रको दुरुपयोग गर्दै पुनर्बीमा कमिसनवापतको रकम दोहन गरिएको छ। सञ्चारमाध्यमहरूमा प्रकाशित विवरण अनुसार, हिमालयन रिइन्स्योरेन्सले एलायन्ट रिइन्स्योरेन्स ब्रोकर प्रालिलाइ दुई वर्षको अवधिमा ५२ करोड रूपैयाँ पुनर्बीमा कमिशनवापतको रकम वितरण गरेको छ।

यो निर्देशिकामा पुनर्बीमा दलाल कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी, पुनर्बीमा दलालले गर्नुपर्ने र गर्न नहुने कामको विवरण समावेश छ। शुल्कका सम्बन्धमा निर्देशन मौन छ। यद्यपि निर्देशनको दफा १६(ग) मा पुनर्बीमा दलालले सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत कुनै कार्य गर्न नहुने व्यवस्था छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले पुनर्बीमा दलालको हकमा अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले निर्देशिकामा कमिसनको दर नतोकिएको बताए। उनले कानुनी छिद्रको फाइदा उठाएको विषयलाई लिएर पुनर्बीमा कमिसनको दुरुपयोग हुन नदिन प्राधिकरणले निर्देशिकामा संशोधन गर्न सक्ने प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS