IME Life New

मध्यपूर्व र खाडीमा जारी तनावले वैश्विक पुनर्बीमक प्रत्यक्ष प्रभावित, ठूलो नोक्सानी व्यहोर्नुपर्नेः एसएन्डपी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी नेतृत्वमा इरानमाथि भएको आक्रमणपछि मध्यपूर्व र खाडी मुलुकमा जारी सैन्य आक्रमण प्रत्याक्रमणले वैश्विक पुनर्बीमकलाई प्रत्यक्ष प्रभावित पारेको छ।

एसएनडपी ग्लोबल रेटिङका अनुसार यो घोषित युद्धसँगै मुलुक्हरुबीच चर्किएको द्वन्द्वले खनिज इन्धन खानी, खानी उत्खनन् पूर्वाधार, इन्धन ढुवानी गर्ने पानी जहाज, ठूला विमानस्थलमा ठूलो नोक्सानी हुनेछ। यसअन्तर्गत अधिकांश बीमा गरिएका पूर्वाधार र सम्पत्ति छन्।

Esewa
Crest

यो द्वन्द्वले पुनर्बीमा उद्योगका् लागि दूरगामी प्रभाव पार्न सक्छ। पुनर्बीमा क्षेत्रमा पर्ने अन्तिम परिमाण र प्रभाव अहिले नै यकिन गर्न सकिने अवस्था छैन। यसको निक्र्याैल द्वन्द्वको अवधि, क्षतिको आकार र प्रवृत्तीमा धेरै हदसम्म निर्भर गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा ४ हप्तासम्म युद्ध जारी रहने सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्।

अहिलेको युद्धका कारण अन्तर्राष्ट्रिय परिस्थिति कति तरल छ भन्ने कुरालाई ध्यानमा राख्दै, घाटाको आकार साता वा महिनाहरुपछि मात्र प्रकट हुन सक्ने एसएण्डपी ग्लोबलको भनाइ छ।

एसएन्डपीका अनुसार अहिलेको अवस्थामा धेरै पुनर्बीमा कम्पनीहरु बढ्दो अस्थिरता र सम्भावित नोक्सानीको जोखिममा परेको देखिन्छन्। जसमा समुद्री, उड्डयन, ऊर्जा, राजनीतिक हिंसा, आतंकवाद र साइबर जस्ता विशेष वर्गहरुका साथै प्रभावित क्षेत्रहरुमा सम्पत्ति जोखिम र आपूर्ति श्रृंखला वा व्यापार अवरोधलाई समेट्ने नीतिहरु समावेश छन्।

समुद्री बीमकहरुले खाडी र छेउछाउको पानीसहित द्वन्द्व क्षेत्रमा लागू हुने युद्ध–जोखिम बहन रद्द गर्न सुरु गरिसकेका छन्। विशेषगरी मध्यपूर्वका विकसित अर्थतन्त्रहरुमा अर्थपूर्ण जोखिम बहन गरेका पुनर्बीमकहरु प्रभावित हुने सम्भावना सबैभन्दा बढी छन्।

यद्यपि एसएन्डपीले पुनर्बीमकहरुसँग हाल कायम पुँजी पर्याप्तताले गम्भीर क्षतिहरुबाट केही राहत प्रदान गर्ने विश्लेषण पनि गरेको छ। विश्वव्यापी पुनर्बीमा क्षेत्र २०२६ मा बलियो पुँजीकरणको साथ प्रवेश गरेकोमा अहिले अझ बलियो हुँदै गइरहेको छ। बलियो वासलात लचिलोपनको यसको लामो समयदेखिको प्रवृत्तिलाई विस्तार गरेको छ। पुँजी पर्याप्तता निरन्तर रुपमा यस क्षेत्रको मुख्य शक्तिहरुमध्ये एक रहेको छ।

अहिलेको द्वन्द्वले विशेषगरी युद्ध जोखिम, उड्डयन, ऊर्जा, राजनीतिक हिंसासहित जटिल वा उच्च जोखिम जोखिमहरुको बीमा गर्रेका पुनर्बीमक सर्वाधिक प्रभावित हुनेछन्। यी वर्गहरुमा देखा परेका घटनाहरुको प्रकारसँग प्रत्यक्ष रुपमा जोडिएका छन्। जसले उल्लेख्य क्षतिपूर्ती दाबीको सम्भावना बढाउँछ।

मध्यपूर्व द्वन्द्व सप्ताहन्तमा तीव्र गतिमा बढ्यो, इरान, इजरायल, इराक, जोर्डन, साइप्रस र खाडी सहयोग परिषद् देशहरुमा उल्लेखनीय विनाश रिपोर्ट गरिएको छ।

क्षेत्रभरका प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरु बन्द भएका छन् र समुद्री गतिविधिहरु गम्भीर रुपमा प्रभावित भएका छन्। जसमा हर्मुज जलडमरुको सम्भावित बन्द, एक रणनीतिक चोकप्वइन्ट जसले विश्वव्यापी कच्चा तेल र समुद्री प्राकृतिक ग्यास प्रवाहको लगभग २० प्रतिशत ह्यान्डल गर्दछ।

एओएन पिएलसीका अनुसार विश्वव्यापी पुनर्बीमा पुँजी २०२५ सेप्टेम्बर ३० मा रेकर्ड ७ खर्ब ६० अर्ब अमेरिकी डलर पुगेको छ। परम्परागत र वैकल्पिक पूँजी स्रोतहरु दुवैमा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS