काठमाडौं । मिड सोलु हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको आज बिहीवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सो प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगले स्वीकृत गरेपपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
1756377365294

















