IME Life New

एमजी हेक्टरको नयाँ अवतार लन्च, के–के छन् विशेषता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो प्रसिद्ध एसयूभी एमजी हेक्टरलाई नयाँ सरकारी नियमहरुअनुसार अपडेट गरेपछि भारतीय बजारमा लन्च गरेको छ।

कम्पनीले अब यो एसयूभीलाई नयाँ ई२० अनुरुप इन्जिनका साथ अपडेट गरेको बजारमा लन्च गरेको छ। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यो एसयूभीको सुरुआती मूल्य भारु १३.९९ लाख (एक्स–शोरुम) तोकिएको छ। सरकारको नयाँ नियम अनुसार भारतमा अप्रिल १ पछि निर्मित पेट्रोल सवारीसाधनमा ई२० इन्धन इन्जिन अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ।

Crest

भारत सरकारको आदेशका आधारमा एमजी मोटरले मार्च ३१ देखि ई२० हेक्टरको उत्पादन सुरु गरेको हो। कम्पनीले आफ्नो मिडनाइट कार्निवल अफरअन्तर्गत हेक्टरमा भारु ४ लाखसम्मको विशेष लाभ पनि प्रदान गरिरहेको छ। यसमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र २ वर्षको रोडसाइड असिस्टेन्सका साथै २ वर्ष वा १ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पनि छ। कम्पनीको दाबी छ कि यो अफर पैसाका लागि मूल्यवान छ। जसले ५ वर्षसम्मका लागि पिस अफ माइन्ड ओनरसिप प्रदान गर्दछ। यस अफरअन्तर्गत हेक्टर किन्ने २० भाग्यशाली विजेताहरुलाई लन्डनको यात्रा पनि दिइँदैछ।

हेक्टर दुई इन्जिन अप्सनमा उपलब्ध छ। जसमा १.५ लिटर टर्बो पेट्रोल र २ लिटर डिजेल इन्जिनको अप्सन उपलब्ध छ। पेट्रोल इन्जिनले १४१ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। यो दुई ट्रान्समिसन विकल्पहरुमा आउँछ जसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन र सीभीटी अटोमेटिक ट्रान्समिसन समावेश छ।

अर्कोतर्फ २–लिटर डिजेल स्टेलान्टिसबाट प्राप्त गरिन्छ र यो इन्जिनले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्छ। यो इन्जिन ६–स्पीड म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ। यसको अर्थ डिजेल इन्जिनका साथ ग्राहकले केवल एउटा ट्रान्समिसनको अप्सन पाउनेछन्।

भेरियन्ट र सुविधा

एमजी हेक्टर ६ भेरियन्टमा आउँछ। जसमा स्टाइल, शाइन प्रो, सेलेक्ट प्रो, स्मार्ट प्रो, शार्प प्रो र स्याभी प्रो समावेश छन्। कम्पनीले यसलाई ५, ६ र ७ सिटर कन्फिगरेसनमा प्रस्तुत गरेको छ। यसका साथै एसयूभीमा १४ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन प्रणाली पनि छ। जुन यस खण्डको सबैभन्दा ठूलो हो र यसले एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटीलाई समर्थन गर्दछ।

क्याबिन अनुभव सुधार गर्न यसमा प्यानोरामिक सनरुफ पनि प्रदान गरिएको छ। फिचरको सूचीमा ८–रङको एम्बियन्ट लाइटिङ, अगाडिको भेन्टिलेटेड सिटहरु, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र थप कुराहरु समावेश छन्।

एसयूभीले लेभल २ एडीएएस फिचरहरुको सेट पाउँछ। जसमा अडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमरजेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट हेडल्याम्प कन्ट्रोल समावेश छन्। यसबाहेक कारमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, स्पिड सेन्सिङ डोर लकजस्ता फिचर पनि पाइनेछ।

ई२० इन्धन भनेको के हो ?

सरल शब्दमा भन्नुपर्दा ‘ई२०’ ले २० प्रतिशत इथेनोल र ८० प्रतिशत पेट्रोलको मिश्रणलाई जनाउँछ। ई२० मा २० संख्याले पेट्रोल मिश्रणमा इथेनोलको अनुपातलाई जनाउँछ। इथाइल अल्कोहल वा इथेनोल (सी२एच५ओए) एक जैविक इन्धन हो। जुन प्राकृतिक रुपमा चिनीलाई फर्मेट्रि गरेर उत्पादन गरिन्छ। भारतले जीवाश्म इन्धनको खपत कम गर्न यो जैविक इन्धनलाई पेट्रोलमा मिसाउन इथेनोल मिश्रित पेट्रोल (ईबीपी) कार्यक्रम सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS