IME Life New
GBIME

महानगर प्रमुख बालेन शाहले ज्ञानेन्द्र शाहलाई गरे रू.८ लाख जरिवाना

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीनकुनेको खुल्ला मैदानमा शुक्रबार राजावादीको कार्यक्रमका क्रममा भएको फोहोर र तोडफोड व्यवस्थापनका लागि काठमाडौं महानगरले विभिन्न शिर्षकमा ८ लाख रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले प्रदर्शन आयोजकमध्येका पूर्व राजा ज्ञानेन्द्र शाहलाई रू १ लाख रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। महानगरले शाहको नाम र उनी बसोबास गर्ने निर्मल निवासको ठेगाना उल्लेख गरेर शुक्रबार जारी गरेको पत्रमा फोहोर मैला व्यवस्थापना ऐन २०६८, प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिका आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरिएको जानकारी गराएको छ।

Crest

यसैगरी महादेवस्थान क्षेत्रको सडक तथा सडक पेटीमा फोहोर १ लाख रूपैयाँ, दमकल फुटाएकोमा १ लाख ३० हजार रूपैयाँ क्षतिपूर्ति, वातावरण प्रदूषण गरेकोमा १ लाख रूपैयाँ,जडीबुटी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकोमा १ लाख रूपैयाँ, बालकुमारी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकोमा १ लाख रूपैयाँ, तीनकुनेमै बोटबिरुवा र रेलिङ क्षति गरेकोमा ६३ हजार रूपैयाँ र सिनामंगल क्षेत्रमा फोहोरमैला गरेकोमा १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले बेग्ला बेग्लै आठवटा पत्रमार्फत यी जरिवाना रकमबारे ज्ञानेन्द्र शाहलाई जानकारी गराएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS