IME Life New

३९ अंकले बढेको बजारमा कारोबार रकम ६ अर्ब २८ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३९ दशमलव ९२ अंके बढेर २६०० को विन्दुमा कायम भएको छ । आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS