काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दनेहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव ६३ अंकले घटेर २,७१४ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकले ३७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दीm हाइड्रोको ३६ करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ५ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।