काठमाडौं । हिजो भारी अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४० दशलमव ४७ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ ।
आज ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको २२ करोड ९८लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ दशलमव २७ प्रतिशतका दरले गुमाएका छन् ।