IME Life New
GBIME

झिनो अंकले बढ्यो बजार, कारोबार रकम ७ अर्ब ८४ करोड माथि

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर २७०३.३९ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४२ करोढ ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ६ दशलमव ९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ५ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS