IME Life New

पुनर्बीमा क्षेत्रमा चलखेलः बजारमा ‘हिमालयन रि बेच्नेले पछुताउने, नेपाल रि नकिन्नेले छुटाउने’ चर्चा तीव्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमा क्षेत्रमा अहिले असामान्य गतिविधि देखिएको भन्दै बजार वृत्तमा ठूलै चर्चा सुरु भएको छ।

विशेषगरी हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)सम्बन्धी नकारात्मक हल्ला फैलिरहेको बेला केही ठूला लगानीकर्ता भने शान्त रुपमा शेयर संकलनमा सक्रिय रहेको दाबी बजार स्रोतहरुको छ। बजार विश्लेषकहरुका अनुसार यदि हिमालयन रिले तत्काल नयाँ व्यवसाय पाएन भने त्यो व्यवसाय कसले पाउँछ ? भन्ने प्रश्न उठेको छ। यसको सीधा उत्तर नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) भएको उनीहरुको तर्क छ।

Esewa
Crest

यद्यपि यस्तो सम्भावित लाभको असर नेपाल रिको मूल्यमा अझै स्पष्ट रुपमा नदेखिनु र अर्कोतर्फ हिमालयन रिमा नकारात्मक प्रचार तीव्र हुनु संयोग मात्र नभएको चर्चा बजारमा चुलिएको छ।

‘कमजोरलाई बेच्न लगाऊ, बलियाले उठाऊ’ रणनीति ?

शेयर बजारमा अनुभवी लगानीकर्ताका अनुसार अहिलेको वातावरणमा सर्वसाधारणलाई डर देखाएर हिमालयन रि बेच्न लगाउने र त्यही समयमा ठूलो परिमाणमा शेयर संकलन गर्ने खेल भइरहेको संकेत देखिएको छ। एक अनुभवी लगानीकर्ताले भने, ‘बजारमा वास्तविक तथ्यभन्दा बढी मनोवैज्ञानिक दबाब सिर्जना गरिएको देखिन्छ। जब सर्वसाधारण डराएर बेच्न थाल्छन्, त्यही बेला ठूला समूह प्रवेश गर्छन्।’

नेपाल रिको किन चर्चा ?

बजार स्रोतहरुका अनुसार यदि आगामी केही महिनाभित्र हिमालयन रिमा नयाँ व्यवसाय विस्तार सुस्त रह्यो भने त्यसको प्रत्यक्ष लाभ नेपाल रिले लिन सक्ने सम्भावना बलियो छ। यही कारणले केही विश्लेषकले पुनर्बीमा क्षेत्रलाई आगामी समयको केन्द्रमा राखेर हेर्न थालेका छन्।

यस्ता छन् विश्लेषकहरु तर्क

  • पुनर्बीमा व्यवसाय नेपालमै सीमित प्रतिस्पर्धामा छ।
  • ठूलो हिस्सा अहिले पनि हिमालयन रि र नेपाल रिवरिपरि केन्द्रित छ।
  • व्यवसाय सर्ने अवस्था बनेमा त्यसको प्रभाव सीधा आम्दानी र नाफामा देखिन सक्छ।

‘बजार हल्लाले होइन, तथ्यले चल्छ’

बजार जानकारहरुले लगानीकर्तालाई हल्लाको भरमा निर्णय नगर्न आग्रह गरेका छन्। उनीहरुका अनुसार अहिले पुनर्बीमा क्षेत्रमा देखिएको उतारचढावले अल्पकालीन डर सिर्जना गरे पनि दीर्घकालीन रुपमा क्षेत्रको सम्भावना अझै बलियो रहेको दाबी गरिएको छ। यसका साथै बजारमा फैलाइने अपुष्ट सूचना र योजनाबद्ध नकारात्मक प्रचारबारे नियामक निकायले पनि निगरानी बढाउनुपर्ने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS