IME Life New

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको कुल १२ प्रतिशत हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १४ औँ तथा १५ औँ वार्षिक साधारणसभा आउँदो भदौ १७ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS