काठमाडौं । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका वैज्ञानिक महावीर पुनले तुरुन्त अगाडि बढाउन निर्देशन दिएका ३ कामबारे खुलाएका छन्।
मन्त्री पुनले आफ्नो फेसबुक स्टेटसमार्फत ती कामका बारेमा उल्लेख गरेका हुन्। उनले हिजो मन्त्री पदको सपथ ग्रहण गरेका थिए।
यस्ता छन् ३ काम
- नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।
- केही बिश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहका लागि त्यो अपुरणीय क्षति हो। त्यसैले बिश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रुपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयको अनुदान रोक्का गरिदिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।
- त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।

















