IME Life New

लुम्बिनी प्रदेशले २ सय शैय्या क्षमताको प्रादेशिक अस्पतालका लागि छुट्यायो रू. १ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रदेशका मुख्य स्वास्थ्य संस्थाको भाैतिक पूर्वाधार स्तरोन्नतीदेखि मानसिक स्वास्थ्यका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्मका लागि बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको जानकारी गराए।

Esewa
Crest

प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पतालको क्षमता विकास गरी दुई सय शैय्यामा स्तरोन्नती गर्न ५ करोड रूपैयाँ र प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजाैरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयूर्वेद चिकित्सालय बुटवललाई विशेषज्ञ चिकित्सालयको रूपमा स्तरोन्नती गर्न ३ करोड रूपैयाँ विनियोजन गरेको छ।

यसैगरी प्रदेश राजधानीस्थित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा तथा चाैबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न बजेटको प्रबन्ध र  पचास शैय्यामा सञ्चालनमा रहेका अघािखाँची अस्पताल सन्धीखर्क, भीम अस्पताल भैरहवा र बर्दिया अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।

निर्माणाधीन स्वास्थ्य कार्यालय प्युठान, रूकुम पूर्व अस्पताल, ट्रमा सेण्टर लमहीको लागि ८ करोड रूपैयाँ विनियोजन गरेको छ। साथै, प्रदेशस्तरीय सरुवा रोग अस्पताल, कपिलवस्तुको लागि आवश्यक रकम व्यवस्था गरेको छ।

मानसिक स्वास्थलाई प्राथमिकताः

“मानसिक स्वास्थ्यमा सुधार, स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ प्रदेश सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नगारिक आरोग्य कार्यक्रम, जीवन शैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारले घोषणा गरेको छ। यसका लागि २ करोड रूपैयाँ विनियोजन गरेको छ।

निःशुल्क औषधीउपचारका लागि रू १५ करोडः

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सुलभ र गुणस्तरिय बनाउन स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी, उपकरण जनशक्ति आपूर्तीको व्यवस्था मिलाउने घोषणा गरेको छ। निःशुल्क वितरण गरिने औषधीका लागि ३ करोड र उपकरणका लागि १२ करोड रूपैयाँ विनियोजन गरेको छ। आँखाको नानीको निःशुल्क प्रत्यारोपण र मृगाैलाको डायलासिस सेवा विस्तारका लागि बजेट विनियोजन गरेको छर निःशुल्क रक्त सञ्चार सेवालाई निरन्तरता दिएको छ।

प्रदेश सरकारले मुटुको भल्भ प्रत्यारोपण, मृगाैला प्रत्यारोपण  र क्यान्सर रोगको उपचारमा प्रतिव्यक्ति दुई लाख रूपैयाँको सहुलियतलाई निरन्तरता दिएको छ। यसको लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ।

सिकलसेल एनिमिया, थालसेमिया र हेमोफिलिया रोगको सचेतना र बिरामीको पहिचानको लागि आवश्यक रकम छुट्याएको छ। मलेरिया, डेङ्गी, कालाजार, कृष्ठरोग लगायत उष्ण प्रदेशीय रोगहरू तथा क्षयरोग, हेपाटाइटिस र एच.आई.भी. एड्सको समयमै व्यवस्थापन तथा केशमा आधारित निगरानी र परिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्रोतको प्रबन्धन गरेको छ।

मातृ शिशु स्वास्थ्य उपचारः

उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क पूर्व प्रसुती देखि उत्तर प्रसुती सेवा प्याकेज, दुर्गम स्थानमा निःशुल्क हवाई उद्दार सेवा कार्यक्रमका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ।

पोषणको सूचकहरू राष्ट्रिय औसतभन्दा कमजोर भएका कपिलवस्तु, बाँके, बर्दिया, रूपन्देही र दाङ्गमा पोषण विशेष कार्यक्रम सञ्चालनका लागि ८ करोड रूपैयाँ विनियोजन गरेको छ।

महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषणको निरन्तर निगरानीका लागि सामुदायीक स्वास्थ्य कार्यक्रममा डिजिटल स्वास्थ्य सूचना प्रणाली सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। दुर्गम तथा बिरामीको चाप रहेको स्थानमा विशेषज्ञ एव शल्यकृया सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नेछ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रलाई चौबीस घण्टा सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको छ। मधमुेह, उच्च रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोग न्यूनीकरण तथा रोकथाम र स्वास्थ्य प्रवर्द्धनका लागि ४ करोड रूपैयाँ विनियोजन गरेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ९५  करोड रूपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS