IME Life New

लजिस्टिक कम्पनी फ्ल्यास फ्रेट पनि धितोपत्र बजारमा सूचीकृत हुने तयारीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारका लागि पारवहन सेवा उपलब्ध गराउँदै आएको फ्ल्यास फ्रेट लजिस्टिकले सर्वसाधारणमा शेयर निष्कासन (आइपीओ) गरेर धितोपत्र बजारमा सूचीकृत हुने तयारीमा छ।

ललितपुरको पुलचोकमा मुख्य कार्यालय रहेको यो कम्पनीले प्रस्तावित आइपीओका लागि रेटिङ कम्पनी केयर रेटिङ्स नेपालबाट ‘डबल बी इस्युअर’ रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ्सका अनुसार यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्वनिर्धारित समयमै वित्तीय दायित्व बहन गर्ने सम्बन्धमा मध्यम तहको जोखिम निहीत हुन्छ।

Esewa
Crest

आइपीओ प्रयोजनका लागि वित्तीय अवस्थाको मूल्यांकन गराए पनि कति रकमका लागि आइपीओ जारी गर्ने भन्ने जानकारी प्रकाशमा ल्याएको छैन।

कस्तो छ वित्तीय अवस्था ?

फ्ल्यास फ्रेट लजिस्टिकको कर र ह्रास कट्टीअघिको नाफा मार्जिन निरन्तर एक अंकमा सीमित रहँदै आएको छ। केयर रेटिङ्सले मूल्यांकन सम्बन्धमा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७६।७७ मा ३.२१ प्रतिशत रहेको मार्जिन २०७९।८० ६.९५ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८०।८१ मा ४.२५ प्रतिशत र २०८१।८२ को पहिलो १० महिनामा ४.४६ प्रतिशतमा सीमित रहेको छ। त्यस्तै, खुद नाफा मार्जिन ०.५७ प्रतिशत देखि १.६९ प्रतिशतको बीचमा रहेको छ।

यसले नेपालमा पारवहन सेवा क्षेत्रको प्रतिस्पर्धी र लागत–संवेदनशील प्रकृतिलाई प्रतिबिम्वित गर्दछ, जहाँ सेवा प्रदायकले नै मूल्य निर्धारण गर्न सक्ने शक्ति सीमित छ र सञ्चालन खर्च उच्च रहन्छ।

पुँजीमा प्रतिफल अनुपान २०७७।७८ को ३० प्रतिशतबाट गत आवमा ८.५ प्रतिशतमा सीमित रह्यो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सुधार भएर १४.८ प्रतिशत पुगेको छ। नेटवर्थमा प्रतिफल गत आर्थिक वर्षमा ५.५ प्रतिशतमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो १० महिने अवधिमा १२ प्रतिशतमा उक्लिएको छ।

ऋणको दृष्टिकोणबाट कम मार्जिन प्रोफाइलले लागत दबाब वा मागको उतारचढावलाई अवशोषितका उपलब्ध अवसरलाई सीमित गरेको छ।

गत आर्थिक वर्षमा कुल ८६ करोड ५० लाख रुपैयाँ कारोबार आम्दानी गरेको फ्ल्यास फ्रेटले चालु आर्थिक वर्षको पहिलो १० महिनामा ९३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

दुई दशकभन्दा लामो अनुभव

सन् २००३ मा स्थापित कम्पनीले भारत तथा तेस्रो मुलुकबाट हवाई, स्थल तथा जलमार्गमार्फत मालसामान ढुवानी, भन्सार जाँचपास र गोदाममा भण्डारणसम्मको सेवा उपलब्ध गराउँछ। कोरोना महामारीको समयमा चीनबाट हवाईमार्गहुँदै कोरोना उपचारका लागि आवश्यक औषधि तथा उपकरणको आयातमा व्यापारीलाई सघाएको थियो।

केयर रेटिङ्सका अनुसार यो कम्पनीमा पारवहन सेवासँग सम्बन्धित क्षेत्रमा २५ वर्षभन्दा लामो अवधिदेखिको अनुभव भएका जनशक्ति छन्। कम्पनीले वैश्विक पारवहन सेवाप्रदायक डिबी सेन्करसँग पारवहन सञ्जालका लागि साझेदारीसमेत गरेको छ।

यो कम्पनी विशेषगरी नेपालमा सुनचाँदी, गहना, महँगा चिकित्सा उपकरण, महँगा औषधिको पारवहन सेवाका लागि चिनिएको छ।

कहाँ पुग्यो ४ वर्ष पुरानो योजना ?

यो कम्पनीले वीरगन्ज र भैरहवामा पारवहन सुविधाका लागि गोदामसहितको लजिस्टिक पार्क निर्माणका लागि लगानी प्रवर्द्धन बोर्डसँग २९ डिसेम्बर २०१९ मा सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको थियो। झन्डै एक वर्षको अवधिमा यसले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर बोर्डसमक्ष गरे पनि पार्क निर्माणको काममा प्रगति भने हुन सकेको छैन। त्यसबेला चौधरी समूह र सरार्फ समूहले पनि लजिस्टिक पार्क निर्माणका लागि बोर्डसँग सम्झौता गरे पनि काम अघि बढेको छैन।

यी कम्पनीले लजिस्टिक पार्कका लागि सरकारले नै सस्तो शुल्कमा लामो अवधिका लागि जग्गा बहालमा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS