IME Life New

याम्बालिङ हाइड्रोपावरको आइपीओमा स्थानीयले अब वैशाख ७ गतेसम्म आवेदन दिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना प्रभावित स्थानीयले याम्बालिङ हाइड्रोपावरको आइपीओमा आउँदो वैशाख ७ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार याम्बालिङ हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानीयले आज चैत २२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको आइपीओ भर्ने म्याद वैशाख ७ गतेसम्म लम्बाइएको हो। तर, यो मितिभन्दा अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै समयमा सूचना प्रकाशित निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

कम्पनीले गत चैत ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आइपीओ जारी गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि चैत ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता आइपीओ ल्याउन अनुमति पाएको छ। पहिलो चरणमा त्यसमध्ये ७ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकत दरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरिएको छ। यो आइपीओमा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरुले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।

यस आइपीओमा स्थानीयले न्यूनतममा १० कित्ता र अधिकतमा ७ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS