IME Life New
GBIME

गाँस, बास, कपासपछि चौथो अनिवार्य आवश्यकता जीवन बीमा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

– सन्तोष आचार्य

मानिसको जीवन निर्वाहका लागि नभई नहुने अनिवार्य आवश्यकता गाँस (खाना), बास (घर) र कपास (लत्ताकपडा) मानिन्छ। तर, आजको बदलिँदो आधुनिक समयमा यी अनिवार्य आवश्यकता पूरा भइसकेपछि पनि आफू तथा आफ्ना आश्रित परिवार समेतलाई जीवन्त राखिराख्न जरुरी हुन्छ। यही कुराको वित्तीय प्रत्याभूतिको सुरक्षा प्रदान गर्ने साधन हो, जीवन बीमा।

Crest

साधारणतया जीवन बीमा भन्नाले बीमित र बीमकबीच भएको वित्तीय करारलाई सम्झनुपर्छ। जसमा बीमितले निश्चित बीमाशुल्क भुक्तानी गरेबापत बीमकले बीमितलाई बीमा अवधिभित्र मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधि सकिएपछि स्वयं बीमितलाई कुनै निश्चित रकम दिने सम्झौता गरिएको हुन्छ।

मृत्यु एक शाश्वत सत्य कुरा हो। जो मानिस जन्मिन्छ, एक दिन अवश्य मृत्यु हुन्छ। तर, यसको समय चाहिँ अनिश्चित छ। यस किसिमको अनिश्चितताले आश्रित परिवारमाथि ठूलो वित्तीय असुरक्षा तथा जोखिम सिर्जना गर्दछ। जीवन बीमा मानिसको जीवनमा आइपर्ने र आइपर्नसक्ने विविध किसिमका आर्थिक अनिश्चितताविरुद्ध सुनिश्चितता प्रदान गर्ने कार्यसँग सम्बन्धित छ।

त्यसैगरी हिजोआज बीमा कम्पनीहरुमा अतिरिक्त पूरक करार सुविधाहरु (राइडर बेनिफिट्स) उपलब्ध गराएका हुन्छन्। सर्तहरुको अधीनमा रही घातक रोग रक्षावरणअनुसार घातक रोग उपचार गर्दा लाग्ने ठूलो धनराशि, जसको उपचारका लागि जीवनभर कमाएको सम्पत्ति बेचेर उपचार गर्नुपर्ने बाध्यात्मक परिस्थिति र त्यो पनि नपुगेर पुख्र्यौली चल सम्पत्तिसमेत बेच्नुपर्ने नेपाली समाजको कटु सत्यलाई केही भए पनि न्यूनीकरण गर्न यसले सहजीकरण गरी उपचार खर्च सेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी व्यक्तिगत साधारण चोटपटक दुर्घटना सुविधामा समेत बढीमा १ लाखसम्म मेडिकल खर्च सुविधा सेवा केही जीवन बीमा कम्पनीले उपलब्ध गराउँदै आएको छ। दुर्घटनाबाट पूर्ण अशक्त भइएमा सोबापत मासिक खर्च सुविधाजस्ता अन्य धेरै सुविधा करारमा उल्लेख्य भएबमोजिम बीमित आफ्नै जीवनकालमा जीवित हुँदै पाइन्छ।

तसर्थ, आजकाल नेपाली बीमा कम्पनीहरुले प्रदान गर्ने आकर्षक सुविधाहरुले जीवन बीमासम्बन्धी परम्परागत धारणा बदलिएका छन्। अब जीवन बीमा केवल मृत्युपछिको सुरक्षामात्र नभई आर्थिक संकटका कारण गुणस्तरीय उपचारबाट वञ्चित हुनुपर्ने समस्याको समाधान पनि बनिसकेको छ। उपचार खर्च सुविधाका कारण बीमितले आवश्यक समयमा उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्, जसले आर्थिक बोझ कम गर्दै मानसिक शान्ति दिन्छ। यसरी जीवन बीमा केवल एक सुरक्षाको कवचमात्र नभई स्वस्थ र सुरक्षित जीवन बिताउन सहायता गर्ने भरपर्दो वित्तीय साथी बनेको छ।

साधारणतया नेपाली समाजमा हेर्ने हो भने परिवारको मुख्य व्यक्तिको आम्दानीबाट बाँकी परिवारका सदस्यहरुको जीवन निर्वाह भइरहेको हुन्छ। परिवारका बालबालिकाको भविष्य निर्माणको मुख्य आधारशीला पनि परिवारको मुख्य व्यक्तिको कमाइबाट भएको हुन्छ। ऊ जीवित रहुन्जेल सम्पूर्ण वित्तीय खर्चको जिम्मेदारी आफूले लिई आर्थिक संरक्षण प्रदान गर्छ। आफू आधा पेट खाएर भए पनि सम्पूर्ण परिवारको पेट भर्ने आफ्नो मुख्य कर्तव्य ठान्दछ। परिवारका बाकी सदस्यलाई पनि थाहा छ कि ऊ बिनाको परिवार संसार चल्न सक्दैनन। तसर्थ, परिवारको मुख्य आम्दानी आर्जन गर्ने व्यक्ति सम्पूर्ण परिवारको बाँच्ने आधारशीला रहेको हुन्छ।

आफू रहुन्जेल सम्पूर्ण परिवारको पालनकर्ता गर्ने उक्त परिवारको मुख्य खम्बाले सबैभन्दा पहिला विचार गर्नुपर्छ कि मेरो अनुपस्थितिमा मेरो परिवारको पालनपोषण, मेरो बालबच्चाको भविष्य निर्माणको जिम्मेवारी कसले लिन्छ ? मेरो परिवार वित्तीय संकटमा गुजरिँदा त्यो बखत कसले सहारा दिन्छ। मरेपछि जेसुकै होस्, नेपाली उखानअनुसार ‘मरेपछि डुमै राजा’ भन्ने हो कि एक जिम्मेवार व्यक्तिले सुरुआतमै सोच्ने। आफ्नो अनुपस्थितिमा आफ्नो परिवारलाई प्रत्येक गासमा, प्रत्येक सुरक्षित बासमा, प्रत्येक सासमा र कपासमा कुनै पनि दुःख–पीडा नहोस् भनेर बेलैमा सोच्नुपर्छ।

हामी अन्य मानिस विभिन्न कारणले मृत्यु हुँदा कुनै दिन मेरो पालो पनि लाग्यो भने के गर्ने भनेर बेलैमा सोच–विचार गरेर आफ्नालाई आफ्नो अनुपस्थितिमा केही वित्तीय राहात दिने केही दूरदृष्टि सोच्न राख्ने कि नराख्ने ? हो, आफू रहँदा आफूलाई र आफू नरहँदा आफ्नालाई भन्ने समाधानको वैज्ञानिक उपाय नै जीवन बीमा हो। तसर्थ, भन्ने गरिन्छ कि जीवन बीमा आफू रहँदा बरदान र नरहँदा मृत्युपछिका लागि क्षतिपूर्तिसहितको आफ्नालाई अनुदान।

जीवन बीमा किन अनिवार्य बनिसकेको छ त ?

आर्थिक सुरक्षा र स्थायित्व

आकस्मिक मृत्यु, दुर्घटना वा गम्भीर रोग लाग्दा परिवारलाई आर्थिक भारबाट जोगाउन जीवन बीमा आजको युगमा अपरिहार्य बन्दै गएको छ। हरेक घरमा उमेर बढ्दै जाँदा सुगर, प्रेसर, थाइराइडजस्ता रोगका सम्भावित कारक देखापर्ने गरेका छन्। जसलाई नियन्त्रणमा राख्न मासिक औषधि सेवन आवश्यक हुन्छ। यी औषधि खर्च अब केवल अतिरिक्त खर्चमात्र नभई जीवनशैलीकै अभिन्न हिस्सा बनेका छन्।
तर, यस्तो आवश्यक खर्च दिनप्रतिदिन बढ्दै जाँदा नियमित आम्दानीबाट व्यवस्थापन गर्न कठिन बन्दै गएको छ। नेपाली समाजले अझै पनि यस विषयमा गहिरो ध्यान नदिए पनि समयमै गरिएको जीवन बीमाले भविष्यमा एकमुष्ठ भुक्तानीमार्फत आर्थिक स्थायित्व प्रदान गर्छ। यसले न केवल आकस्मिक परिस्थितिहरुको सामना गर्न सहयोग गर्छ, बरु आर्थिक सुरक्षाको सुनिश्चितता दिलाउँदै चिन्तारहित भविष्य निर्माण गर्न मद्दत गर्दछ।

मानिसका जीवनचक्रमा हुन सक्ने समस्याको समाधान

मानव जीवनचक्रमा विभिन्न वित्तीय चुनौती आउन सक्छन्। यदि कुनै व्यक्ति औसत आयुभन्दा अघि नै दिवंगत भएमा उसको परिवारलाई गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ। त्यस्तै, औसत आयुभन्दा बढी बाँच्दा अतिरिक्त स्वास्थ्य सेवा, विशेष पोषण, औषधोपचार तथा अन्य आवश्यक सुविधाका लागि थप आर्थिक स्रोत आवश्यक पर्न सक्छ। साथै, कुनै दुर्घटनाका कारण यदि प्रमुख कमाउने सदस्य आश्रित बन्न पुग्छन् भने परिवारको आर्थिक स्थिरता गम्भीर रुपमा प्रभावित हुन सक्छ।

यस्ता अनिश्चित परिस्थितिबाट सुरक्षित रहन जीवन बीमा एक प्रभावकारी उपाय हो। यसले वित्तीय जोखिम न्यूनीकरण गर्दै परिवारलाई आर्थिक सुरक्षा तथा सुनिश्चित भविष्य प्रदान गर्न मद्दत गर्छ।

भविष्यको सुनिश्चितता

शिक्षा, स्वास्थ्य, विवाह, वृद्धावस्था तथा आकस्मिक खर्चका लागि जीवन बीमाले सुरक्षित आधार प्रदान गर्दै उज्ज्वल भविष्यको सुनिश्चितता दिलाउँछ। यसले आर्थिक स्थायित्व कायम राखी जीवनका हरेक महत्वपूर्ण मोडमा आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्दछ।

लगानीको प्रभावकारी विकल्प

बीमा कम्पनीहरुले बीमित व्यक्तिको प्रिमियम सुरक्षित लगानीमा प्रयोग गर्ने हुँदा दीर्घकालीन फाइदा दिन्छ। यसले नियमनकारी निकाय बीमा प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम मात्र निर्दिष्ट ठाउँहरुमा लगानी र त्यसको प्रत्यक्ष सुपरिवेक्षण हुनेहुँदा लगानीको प्रत्याभूति सही ठाउँमा हुनेहुँदा लगानीको दीर्घकालीन सुनिश्चितता हुन्छ।

कर्जा तथा आपतकालीन सहयोग

जीवन बीमा कम्पनीबाट बीमाको प्रिमियम भुक्तानी वार्षिक हिसाबले ३ वर्ष पूरा भइसकेपछि बिनाझन्झट, बिनाअतिरिक्त शुल्क लिई कुनै पनि चल–अचल सम्पत्ति धरौटी नराखी केवल बीमालेखको धरौटीमा कर्जा लिन सकिने भएकाले आर्थिक संकट पर्दा सहज रुपमा समाधानको विकल्प बन्छ।

निष्कर्षमा

आधुनिक बैज्ञानिक २१ औँ शताब्दीमा जीवन बीमा अब विलाशिता होइन गास, बास, कपासपछि चौथो अनिवार्य आवश्यकता बनिसकेको छ। परिवारको भविष्य सुरक्षित राख्न तथा आकस्मिक परिस्थितिमा आर्थिक भार कम गर्न प्रत्येक व्यक्तिले जीवन बीमा लिनुपर्छ। आजै उचित योजना छनोट गरी आफ्नो र आफ्नो परिवारको सुरक्षित भविष्य सुनिश्चित गरौँ।

(लेखक आचार्य हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका शाखा प्रमुख हुन्।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS