IME Life New

साउन महिनामा जीवन बीमकले संकलन गरे १९ अर्ब ६५ करोड कुल बीमाशुल्क, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष आर्थिक वर्ष २०८२ /८३ को साउन महिनासम्ममा कुल साढे १९ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले एक महिनामा २ लाख ८४ हजार १७६ वटा बीमा पोलिसी बिक्री गरी कुल १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले यस अवधिमा २ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

हिमालयन लाइफले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ९४ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ८५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ६७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ५३ करोड ९९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS