IME Life New
GBIME

एलआईसी नेपालले बोनसदर घटाएर बीमितमाथि अन्याय गर्योः धर्मराज भण्डारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बीमा क्षेत्रको मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)का लाइफ मेम्बर हुन्, धर्मराज भण्डारी। भण्डारीले बीमा अभिकर्ताको पेसामा प्रवेश गरेदेखि नै लगातार एमडीआरटी बन्न सफल भएका छन्। लगातार १० वर्ष एमडीआरटी बनेर रजिस्ट्रेसन गरेपछि लाइफ मेम्बर बन्न पाइन्छ। भण्डारी भने लगातार ११ वर्षदेखि एमडीआरटी बन्दै आएका छन्। उनी हाल नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट अभिकर्ताका रुपमा बीमा व्यवसाय गर्दै आएका छन्। नेसनल लाइफमा उनी केही महिनाअघि मात्रै आबद्ध भएका हुन्। उनले बीमा क्षेत्रमा अभिकर्ताका रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) प्रवेश गरेका थिए। बीमितले पाउने बोनसदरमा चित्त नबुझेपछि उनले एलआईसी नेपाल छाडेर नेसनल लाइफमा प्रवेश गरेका हुन्। उनै एमडीआरटीका लाइफ मेम्बर भण्डारीसँग इन्स्योरेन्स टकमा गरिएको. कुराकानीको सारसंक्षेपः

तपाइँको कोटमा ट्यागलाइन झुन्डिएको रहेछ, एमडीआरटी लाइफ मेम्बर। तपाइँ बीमा अभिकर्ता। कति अर्थ रहन्छ यसको ? यसबाट नागरिकले के बुझ्ने ?

Crest

एमडीआरटी भनेको ‘मिलियन डलर राउण्ड टेबल’ हो। यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा छ। लगातार १० पटक बीमा कम्पनीले दिएको टार्गेट वा अन्तर्राष्ट्रिय एमडीआरटीले दिएको टार्गेट समयभित्रै पुर्याएपछि बल्ल लाइफ मेम्बर हुन सकिन्छ।

यसको अर्थ तपाइँ एमडीआरटीको लाइफ मेम्बर भइसक्नुभयो ?

म १२ पटक एमडीआरटी भइसकेँ। एमडीआरटी म भइरहेको छु। म बीमामा प्रवेश गरेकै वर्षदेखि नै म एमडीआरटी लाइफ मेम्बर हुँदै आएको छु।

बीमा व्यवसायमा यसको के अर्थ रहन्छ ?

नेपालमा त त्यस्तो छैन। तर, विदेशमा भने एमडीआरटी लाइफ मेम्बरलाई निकै सम्मान हुन्छ। यसलाई निकै सम्मानित पेसाका रुपमा लिइन्छ। बीमामा काम गर्नेले एमडीआरटी हुनै पर्ने र रजिस्ट्रेसन पनि पाउनुपर्ने हुन्छ। बाहिर हिन्दा यो लोगो लगाएर हिँड्दा निकै राम्रो मानिन्छ। तर, नेपालमा त्यति राम्रो अभ्यास छैन। कम्पनीहरुले पनि यसलाई त्यति महत्व दिएका छैनन्। साथै, अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिन पनि पठाएका छैनन्। त्यसकारण सबैलाई यसबारे थाहा छैन। त्यसकारण जसले पायो, उसैले सर्टको टाँक लगाए जसरी एमडीआरटी लोगो लगाएर हिँड्ने गरेको भेटिन्छ। सक्कली एमडीआरटी मेम्बरको बेइज्जत गर्ने जस्ता गतिविधिहरु नेपालमा हुँदै आएका छन्।

तपाइँहरु पहिले एमडीआरटी हुनुहुन्छ। त्यसपछि लाइफ मेम्बर हुन पाइन्छ ?

लगातार १० पटक एमडीआरटी भएपछि मात्रै लाइफ मेम्बर हुन सक्छ।

एउटा अभिकर्ताले एमडीआरटी भएर लाइफ मेम्बर हुनलाई के–के चरण पार गर्नुपर्छ ?

एउटा अभिकर्ताले सबैभन्दा पहिले बीमा व्यवसाय खोज्नै पर्छ। त्यसपछि अहिलेको रेसियोमा ५४ लाख रुपैयाँ प्रिमियम आवश्यक पर्छ। मुद्दतिमा ६ प्रतिशत गणना हुन्छ, एकल प्रिमियममा यो गणना हुन्छ। गत वर्ष केही कम्पनीले २५ प्रतिशत जोडेर एमडीआरटीलाई ढाँट्ने काम गरे, जुन गलत छ। अन्य नियमित प्रिमियमको हकमा ५४ लाख रुपैयाँ प्रिमियम पुर्याउन सकेमा २०२६ का लागि उ एमडीआरटीका लागि योग्य हुन्छ। त्यसपछि अमेरिकामा ६०० डलरबराबरको रजिस्ट्रेसनबापतको रकम भुक्तानी गर्नुपर्छ। त्यसपछि एमडीआरटीले लोगो प्रयोग गर्न योग्य भएको भन्ने पत्र पठाउँछ। त्यसपछि लोगो प्रयोग गर्न सक्छ। साथै, सोसम्बन्धी कन्फ्रेरेन्समा भाग लिनका लागि एप्रुभल लेटरसमेत पठाइदिन्छ। भिसा प्रोसेसिङका लागि सहजीकरण पनि उसले गरिदिन्छ। त्यसपछि हामीलाई सहज हुन्छ।

नेपालमा अहिलेसम्म एमडीआरटीको लाइफ मेम्बर कति छन् ?

अहिलेसम्म ५ जनामात्रै छन्।

तपाइँ ५ जनामध्ये पर्नुभयो ?

म ५ जनाभित्र तेस्रो नम्बरमा पर्छु।

एमडीआरटी चाहिँ कति जना हुनुहुन्छ ?

एमडीआरटी त थुप्रै बन्छन् हुन्छन्। यो हरेक वर्ष शुल्क तिरेर नवीकरण गरिरहनुपर्छ। यो एउटा खुसी मात्रै हो, डाक्टरले पाएको उपाधिजस्तो होइन। तर, १० वर्षसम्म हुन सकियो भने चाहिँ त्यस्तै हुन्छ पनि। लाइफ मेम्बर भएपछि चाहिँ यो सधैँ रहिरहन्छ।

करोड–करोडको पोलिसी बेचेर पनि अर्थ रहेन छ, पैसा खर्च गर्न तयार हुनुपर्ने भनेपछि त ?

हो। एमडीआरटीको सदस्य भइएन भने ५ करोडको पोलिसी बेचे पनि महत्व हुँदैन। त्यसको वैधानिक पाउनका लागि यो आवश्यक पर्छ। कम्पनीले एउटा टार्गेट दिएको हुन्छ, टार्गेट पूरा गरेपछि वैधानिक दिने निकाय अर्कै हुन्छ। त्यो निकायले वैधानिकता दिएन भने जति प्रिमियम उठाए पनि केही हुँदैन।

कति खर्च लाग्छ त्यसका लागि ?

एकपटक अमेरिका जाने हो भने रजिस्ट्रेसन फीलगायत सबै खर्च १० लाख रुपैयाँ कम्तीमा खर्च हुन्छ।

त्यो खर्च गरिएन भने नेपालमा व्यापार गर्ने बस्ने मात्रै हो ?

हो। प्रोफेसनल तरिकाले भएको मानिँदैन। अहिले बजारमा टाँक लगाएजस्तो छ्याप्छ्याप्ती अवैधानिक तरिकाले लगाउने धेरै छन्। उनीहरुका कारण हामीलाई पनि लाज हुने अवस्था आएको छ। एमडीआरटीको लोगो प्रयोगमा अब कडाइ भइरहेको छ। कम्पनीलाई पनि यसबारे सिकाइँदैछ।

एमडीआरटी र बीमा कम्पनीहरुबीचको सम्बन्ध कस्तो छ ?

स्तो केही पनि छैन। कम्पनीले एउटा आधिकारिक पत्र लेखेर दिन्छ। मेरोमा फलानाले यति व्यापार गरेको हो भन्नेबारे आधिकारिक पत्र लेख्ने मात्रै हो कम्पनीले। आधिकारिक पत्र नभई एमडीआरटीको रजिस्ट्रेसन हुँदैन।

अहिलेसम्म कति मुलुक घुम्नुभयो ?

म अहिलेसम्म ४७ वटा मुलुक घुमिसकेको छु । एमडीआरटी भएको करिब ९ वर्षको अन्तरालमा यति मुलुक घुमेको हो।

तपाइँ कमाएको भन्दा बढी यसमा खर्च गर्नुहुन्छ ?

यो मेरो शोख पनि हो। काम गरेपछि खर्च हुन्छ नि।

तपाइँ अहिले नेसनल लाइफ इन्स्योरेन्सको अभिकर्ता हो ?

हो।

पहिले कहाँ हुनुहुन्थ्यो ?

पहिले म एलआईसी नेपालमा थिएँ।

किन छाड्नुभयो त ?

बोनस घटाए। प्रडक्ट राम्रो छैन।

नयाँ प्रडक्ट ल्याएन ?

नयाँ प्रडक्ट होइन। हामीले पटक–पटक आन्दोलन पनि गर्नुपर्यो, त्यहाँ। बीमितलाई हामीले दिएको वाचामाथि कम्पनीले धोका दियो। कुनै पनि कम्पनीका सीईओहरु त कुनै दिन छाडेर जान्छन्। तर, हामी यही बजारमा बस्नुपर्छ। कम्पनीले हामीमाथि धोका दियो। अनि छाडेँ। कहिले पनि बीमितले कम्पनी रोजेको हुँदैन। अभिकर्तालाई रोजेको हुन्छ। अभिकर्ताका कारणले नै बीमितले बीमा गर्ने हो।

तपाइँ अभिकर्ताहरु पुरानो कम्पनी छाडेर नयाँ कम्पनीमा गइसकेपछि पुरानोमा सरेन्डर गराएर नयाँमा लानुहुन्छ भन्ने पनि सुनिन्छ है ?

म त्यस्तो गर्दिनँ। मेरो अहिलेसम्म त्यस्तो नियत पनि छैन। अपवादमा केही अन्य कारणले छाडेर जानेहरु होलान्। नत्र कम्पनी छाड्दैमा सरेन्डर गर्नुपर्छ भन्ने हुँदैन। त्यहाँको सेवा–सुविधा हामीले पाएका हुन्छौँ।

नयाँ कम्पनीमा जाँदा कमिसन बढी दिन्छन् र ?

त्यस्तो हुँदैन। कमिसन बीमा प्राधिकरणको व्यवस्थाबमोजिम नै हुन्छ। सबै कम्पनीको कमिसन दर एउटै हो। हामीले बीमितको हितमा मात्रै जाने हो।

तपाइँले नयाँ कम्पनीमा प्रवेश गर्दा पुरानो कम्पनीमा बीमा गराएका हजारौं बीमितलाई अन्याय भएन ?

भएको छैन। मैले फेरि त्यही पोलिसी बेच्ने हो भने चाहिँ अन्याय हुन्छ।

एलआईसी नेपालले बोनस घटाएर अन्याय गरिरहेको हो ?

एलआईसी नेपालले बोनसदर घटाएर बीमितमाथि अन्याय गरेको छ। हामीले बीमा प्राधिकरणमा पनि यसबारे गुनासो गरेका थियौँ। तर, सुनुवाइ भएन। त्यसपछि म नेसनल लाइफमा आएँ।

नेसनल लाइफले पनि घटाउला नि त बोनसदर ?

नेसनल लाइफले पनि घटाउन सक्छ। बोनस धेरै उतार–चढाव हुनुहुँदैन। कम्पनीको आ–आफ्नो नियम हुन्छ। दुई–चार रुपैयाँ तल–माथि हुँदा असर गर्दैन। तर, एकैपटक २०–२२ रुपैयाँ तलमाथि हुनु राम्रो होइन। यस्तो हुनुहुँदैन।

तपाइँहरुले पोलिसी बेच्दा ३०–३५ रुपैयाँदेखि ८५–९० रुपैयाँसम्म बोनस पाइन्छ भनेर भन्ने गर्नुभएको हुन्छ। अनि बिक्री गर्दा चाहिँ अप्पर लाइन देखाउनुहुन्छ !

म आफूले अपर लाइन देखाउँदिन। जति वर्षको गरेको हो, त्यहीअनुसार हुन्छ। १० वर्षको प्रतिहजार ६४ रुपैयाँ छ, म त्यही देखाउँछु।

६४–६५ रुपैयाँ देखाउने अनि ३०–३५ रुपैयाँ दिने नि हुन्छ है ?

बजारमा त १९ रुपैयाँको पनि छ। बीमा गर्दा बोनसको एकदम महत्व हुन्छ। सरेन्डर, दाबीलगायत जुनसुकै कुरामा पनि बोनसको महत्व हुन्छ।

यसरी बुझाएर बीमा पोलिसी बेच्नुहुन्छ। तर, बीमा पोलिसी बेचिसकेपछि बीमितकोमा खासै जानुहुन्न भनिन्छ। बिक्रीपछिको सेवा कमजोर हो ?

मेरो ९९ प्रतिशत बीमितले मेरो अफिस पनि देख्नुभएको छैन। कहिले–काहीँ म आफैंले लैजान्छु मात्रै। उहाँलाई दुःख पर्दा म सधैं सम्पर्कमा हुन्छु। हरेक दिन मैले फोन गर्छु। मैले करिब १५ सय मानिसको बीमा गरेको छु। उहाँहरुसँग सम्पर्कमै छु। कतिपय बीमितलाई गाह्रो पर्दा म आफैँले प्रिमियम हालेर नवीकरण गरिदिएको छु।

तपाइँ अभिकर्ताका रुपमा पूरै समय काम गर्नुहुन्छ हो ?

हो। यसबाहेक मेरो अरु केही छैन।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS