काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने बैंकले जनाएको छ।

















