काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले पाउने तलबभत्ताको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
मन्त्रालयमा सोमबार पदभार ग्रणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्। ‘म तलबभत्ता, सुरक्षालगायत सुविधा लिन्न’, उनले भने, ‘मैले पाउने तलबभत्ताको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्नेछु।’
पदभार ग्रहणका क्रममा घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन्।

















