IME Life New

हकप्रद जारी गर्न खानी खोला हाइड्रोपावरले तय गर्यो बुक क्लोजको मिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असार २६ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

Crest

नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई गत असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS