काठमाडौं । कालिञ्चोक दर्शनले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्।
प्रस्तावित लाभांश आगामी ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















