IME Life New

कालंगा हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालंगा हाइड्रोको आइपीओ आज जेठ २७ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ।

कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो। सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता बिक्री गरिएको छ।

Esewa
Crest

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २९ लाख १ हजार ९२४ आवेदकबाट ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ६० हजार ७६६ आवेदकबाट माग भएको ३ करोड ११ लाख ४ हजार ७८० कित्ता शेयर सदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। जसमा भाग्यमानी २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये २५ लाख ७३ हजार ७६६ आवेदकको हात खाली भएको छ।

यो आइपीओको नतिजा केहीबेरमा हेर्न सकिनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS