IME Life New

इप्पानको उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन्।

इप्पानको आगामी कार्यकालका लागि पोखरेल उपमहासचिवमा निर्विरोध निर्वाचित भएकी हुन्। इप्पानको यही जेठ २९ गते २४ औँ वार्षिक साधारणसभा हुँदैन। सोही सभामा हुने निर्वाचितले नयाँ कार्यसमितिको चयन गर्नेछ।

Esewa
Crest

नयाँ कार्यसमितिको उपमहासचिव पदमा पोखरेलको एकल उम्मेदवारी परेको हो। सोही कारणले उनी उपमहासचिवमा निर्वाचित भएकी हुन्।

पोखरेलको उम्मेदवारी उत्तम भ्लोनको प्यानलबाट परेको हो। अन्य प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी नपरेपछि पोखरेल स्वतः निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको घोषणा भोलि शुक्रबारमात्र हुनेछ।

हाल पनि पोखरेल इप्पानको सचिवका रुपमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS