काठमाडौं। नेप्से परिसूचक बुधबार २६६४.४७ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक १३.६९ अंकले घटेको छ।
बजारमा ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ जसमा ४७ करोड ९२ लाख रुपैयाँको खरिद र ६१ करोड ३ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३७ करोड १७ लाख रुपैयाँको खरिद भएको छ भने ३८ करोड ५० लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















