काठमाडौं । धनुषा जिल्लाको जनकपुरधाम-१७ स्थित एम.जि. स्टिल इन्डस्ट्रीज प्राइभेट लिमिटेडमा शुक्रबार भीषण आगलागी भएको छ।
आगलागी नेपाली सेनाको विष्णुदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिएको छ ।
आगलागीबाट उद्योगको प्लाण्ट र गोदाम क्षतिग्रस्त भएको छ।

















