IME Life New

पुस १९ गते जानकी फाइनान्सले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्सले पुस १९ गते शनिवार २७ औं र २८ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा बिहान ८ बजे मसाला कटेज, तिरहुतिया गाछी, जनकपुरधाममा हुने भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, संस्थाको आ.व २०७९/८० २०८०/८१ को अन्तिम लेखापरीक्षण प्रतिवेदन, वित्तीय अवस्थाको विवरण (वासलात), नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

Crest

कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार आ.व.२०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्न कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्रदान गरे बमोजिम लेखापरीक्षक श्री देवकी विजय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई र आ.व. २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ति गर्न कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्रदान गरे बमोजिम लेखापरीक्षक श्री वि. के.अग्रवाल एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई दिईएको नियुक्ति र पारिश्रमिकलाई अनुमोदन गर्नेछ ।

सभाले जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोवारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS