IME Life New
GBIME

के नेपालमा जीवन बीमा कम्पनीमा आम नागरिकको लगानी सुरक्षित छ ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसाय अनन्तसम्म चलि रहने व्यवसाय हो । यो व्यवसायमा बीमक(व्यापारी) र कुनै बीमित(ग्राहक)बीच पाँच वर्षदेखि तीन दशकसम्म पनि व्यवसायीक सम्बन्ध कायम रहन्छ।

झट्ट हेर्दा अरू व्यवसाय जस्तै जीवन बीमक पनि व्यवसायी हुन्, तर सिद्धान्त र कार्यशैलीको स्वरूपलाई राम्ररी नियाल्ने हो भने यो व्यापारी नभएर ट्रष्टी अर्थात् संरक्षक मात्र  हो। बीमितले आफूसँग भएको बचत विभिन्न क्षेत्रमा लगानी गर्न, प्रतिफल आर्जन गर्न र दुःख परेका बेला जोखिम बहन गरिदिनका लागि जीवन बीमकलाई सुम्पिएको हुन्छ। यस्तो जिम्मेवारी बोकेर जीवन बीमकले संवेदनशीलरूपमा बीमितको बचतको संरक्षण गर्दै नियमितरूपमा उचित प्रतिफल दिने र परेका बेला जोखिमको नोक्सानी समेत बहन गरिदिने महत्वपूर्ण दायीत्व पुरा गर्छ।

Crest

जीवन बीमा कम्पनीमा बीमितको बचत सुरक्षित राख्न र बीमितलाई आपत परेका बेला तत्कालै क्षतिपूर्ती दिने गरी वित्तीय क्षमता कायम राखि रहन नेपाल बीमा प्राधिकरणले विभिन्न वित्तीय उपचारहरूको प्रयोग गर्दै आएको छ।

बीमित प्रतिको दायीत्व बराबरको रकमलाई जीवन बीमकले नेपाल बीमा प्राधिकरणको नाममा एयर मार्क(इअर मार्क) गरिदिनुपर्छ। यस सम्बन्धमा प्राधिकरणले बीमकको मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी निर्देशन २०८१ कार्यान्वयनमा ल्याएको छ। बीमकले बीमा कोषमा जम्मा भएको रकम बैंक खातामा मुद्दती निक्षेपमा लगानी गर्छन् , र यस्तो लगानी गरि सकेको रकम अस्थायी रोक्का गरेर प्राधिकरणको नाममा एयर मार्क गराउनुपर्छ। र परेका बेला पुनः प्राधिकरणको स्वीकृति लिएर मात्र प्रयोग गर्न पाइन्छ। चालु आर्थिक वर्ष २०८१।८२ को पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर छ। यो मध्ये अधिकांश रकम क वर्गको वाणिज्य बैंकमा मुद्दती निक्षेपका रूपमा सुरक्षित राखिएको छ।

बीमा कम्पनीको वित्तीय अवस्था बलियो रहेको सुनिश्चित गर्नका लागि प्रत्येक बीमकका लागि पुनर्बीमाको व्यवस्था पनि नेपाल बीमा प्राधिकरणले अनिवार्य गरेको छ। बीमा कम्पनीले आफूसँग भएको वित्तीय श्रोतको आधारमा धान्न सक्ने क्षमता भन्दा बढी रकमको जोखिम पुनर्बीमा कम्पनीलाई सुम्पिएको हुन्छ। आफूले व्यहोर्न सक्ने सीमा भन्दा अधिक दाबी परेको अवस्थामा बीमकले पुनर्बीमा कम्पनीसँग दाबी भुक्तानी प्राप्त गर्छ। प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीको हकमा वित्तीय सबलता निर्धारण गर्ने अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका आधारमा वर्गिकरण गरेर सर्वाधिक सुरक्षित र भरपर्दो पुनर्बीमक छनाैट गर्ने सम्बन्धमा सबै बीमा कम्पनीका लागि निर्देशिका नै लागू गरेको छ।

बीमा कोषको सुरक्षित लगानी र नियन्त्रित प्रयोग बाहेक प्राधिकरणले जोखिम आधारित पूँजी(रिस्क बेस्ड क्यापिटल आरबिसी) प्रणाली लागू गरेर बीमकलाई जोखिम अनुसारको पूँजी कोष अनुपात कायम गर्न समेत लगाई रहेको छ। यसले गर्दा जीवन बीमकले आफूले व्यहोरेको विभिन्न प्रकारका जोखिमबाट वित्तीय अवस्थामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न बल पुग्नेछ।

पूँजी बजार र वाणिज्य बैंकको ब्याजदरमा हुने उतार चढावका कारण जीवन बीमकको प्रतिफल दरले बीमितले पाउने बोनश दरमा पनि उतारचढाव भइरहन्छ। यस्तो उतारचढाव अप्रत्याशितरूपमा हुन नदिन र बोनश दरलाई सकेसम्म स्थिर राख्नका लागि प्राधिकरणले भावी बोनश दर व्यवस्था(फ्युचर बोनश प्रोभिजनिङ)को समेत प्रबन्ध मिलाएको छ। कम्तीमा पचास प्रतिशत रकम व्यवस्था गर्नुपर्ने प्रावधानले बीमितका लागि पर्याप्त बोनश सुनिश्चित गर्ने र बोनश दरमा अप्रत्याशितरूपमा उतार आउने संभावनालाई टार्न मद्दत गर्छ।

नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन मार्गदर्शन २०८० मार्फत पनि बीमकले गर्न हुने र नहुने कामको परिभाषा गरेर बीमित वा बीमकको हित विपरित हुने गरी कुनै लगानी गर्न र स्वार्थ बाझिने गरी लगानी गर्न निरूत्साहित गरेको छ। प्राधिकरणले बीमकको वित्तीय स्वास्थमा गडबडी हुन नदिनका लागि लेखा पालन प्रणाली, स्थलगत र गैर स्थलगत अनुगमन, अन्तर्राष्ट्रिय वित्तीय लेखामानको पूर्ण पालनाको माध्यमबाट समेत नियमनको काम गरिरहेको छ।

प्राधिकरणले नीतिगतरूपमा गरेको माथि उल्लेखित प्रावधान सहित अन्य नियामकीय प्रावधानको माध्यमबाट नेपालको जीवन बीमा कम्पनीहरूमा सर्वसाधारणले बीमाशुल्क किस्ता भुक्तानीको माध्यमबाट गरेको बचतलाई सुरक्षित राख्ने उपाय सुनिश्चित गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS