काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव ८३ अंकले घटेर २,५०३ को विन्दूमा कायम भएको छ । आज ९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ३ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।


















