काठमाडौं । आज नेप्से परिसूचक ० दशमलव ५३ अंकले घटेर २,६४४ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रोपावर र श्रीनगरका लगानीकर्ताले कमाएका छन् । आज पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


















