काठमाडौं । आज नेप्से परिसूचक ४ दशलमव ९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरी र हिम स्टारका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















