काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव २१ अंकले बढेर २,५६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।


















